बसन्त पौडेल
दाङ २३ पुष । व्यवसायीक शिप विकाश तालीम केन्द्र दाङको आर्थिक सहयोग तथा हिलसाईड टेक्नीकल कलेजको व्यवस्थापनमा आज देखी तुलसीपुरमा ३ सय ९० घण्टे निशूल्क पलम्वीङ तालीमको उद्घाटन गरिएको छ । हिलसाईड टेक्नीकल कलेजका अध्यक्ष एकराज चन्दको अध्यक्षता तथा व्यवसायीक शिप विकाश तालीम केन्द्र तुलसीपुर दाङका बुद्धी बहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमै रोजगारीको प्रसस्तै संभावना भएपनि श्रम बजारको माग अनुरुप दक्ष जनशक्ति उत्पादन नहुदा देश विकाशमा समेत चुनौती रहेको औल्याएका थिए ।
कलेजका प्रशासनिक प्रमुख जीवराज अधिकारीको स्वागत मन्तव्यबाट सूरु भएको कार्यक्रममा लेखापाल तथा शिक्षक रमेश बुढाथोकी, शिक्षिका बन्दना बिष्ट लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण बसन्त पौडेलले गर्नु भएको थियो । उक्त तालीममा २५ जना युवाहरुको सहभागीता रहेको छ ।।