घोराही, २२ पुस । प्राविधिक शिक्षाको स्तर उन्नतिका लागि दाङको घोराहीमा यही माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने राष्ट्र निर्माण धार्मिक महोत्सव एवं श्रीमाद्भागवत सप्ताह ज्ञान महायज्ञ २०७३ को प्रचारप्रसारका लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
विभिन्न समूह बनाएर प्लस टुुका विद्यार्थीहरु प्रचारमा लागेका हुन् । उनीहरुले पर्खालका भित्तामा पप्लेट टास गरेर पनि प्रचारप्रसारको काम गरिरहेको महायज्ञका प्रचारप्रसार संयोजक रहनुभएका नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले जानकारी दिए ।
पहिलो चरणमा पसलहरुमा र सार्वजनिक स्थलमा प्रचारप्रसारको काम भईरहेको र दोस््रो चरणमा प्रत्यक घरघरमा पुगेर विद्यार्थीहरुले महायज्ञको निम्तो दिने उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुको पढाईमा असर नहुने गरि प्रचारप्रसारमा विद्यार्थीहरु पठाईएको विद्यालयका प्राचार्य डा. कृष्णराज डिसीले बताए ।