इन्द्रेणी संवाददाता
दाङ, २२ पुस । दाङको घोराही नगरपालिकाले नगरको समग्र विकासका लागि आगामी आर्थिक वर्ष २०७४÷७५ मा २५ करोड ९० लाख ११ हजार बजेट प्रस्ताव गरेको छ । आज सम्पन्न २१ औं नगरपरिषदबाट चालुतर्फ ११ करोड ७१ लाख ४४ हजार र पूँजीगततर्फ १४ करोड १८ लाख ६८ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको हो ।
त्यस्तै नगरपालिकाको अनुदान पूँजीगत बजेटतर्फको क्षेत्रगत विनियोजन अन्तर्गत लक्षित समूह विकास कार्यक्रमतर्फ २ करोड ३२ लाख ४३ हजार २ सय निवियोजन गरिएको छ । जसअनुसार महिलातर्फm ५८ लाख १० हजार ८ सय, बालबालिकातर्फ २ सय रुपैयँ बजेट छ ।
नगरपारिषदबाट विगतका योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिने काम भएको छ । नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रमलाई सफल पार्न सबैले आ–आफ्नो क्षेत्रबाट सृजनात्मक सहयोग गर्न समेत कार्यकारी अधिकृतले आग्रह गरे । परिषदको उद्घाटन पूर्वसमान्य प्रशासन मन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन ।