दुर्गालाल केसी
दाङ– घोराही क्षेत्रमा रहेका चार सडक बालबालिकालाई आज घरमा पुनस्र्थापना गरिएको छ । हिमालयन शान्ति तथा विकास अभियान (हिप्डेक) नेपाल र घोराही नगरपालिकाले जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका कार्यालयको सहयोगमा बालबालिकालाई घरपरिवारमा पुनस्र्थापना गरेका हुन् ।
घोराही नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा, निमित्त प्रमुख जिल्ला अधिकारी अमरराज शर्मा, महिला तथा बालबालिका कार्यालयका प्रमुख बाल संरक्षण अधिकृत श्रीधर ज्ञवाली, घोराही नगरपालिकाका ईञ्जिनियर रामधन श्रेष्ठ, बालमैत्री फोकल पर्सन सुबोध रेग्मी, सूचना अधिकारी प्रेम केसी, हिप्डेकका अध्यक्ष विकिरण गौतम, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र रेग्मी, महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरिक्षक नन्दकली कटवाल लगाएतको उपस्थितीमा बसेको बैठकले बालबालिकाको उद्धार र पुनस्र्थापनाको निर्णय गरेका थियो ।
बैठकमा जिल्ला प्रहरी कार्यालयले बालबालिकाको पहिचान तथा खोजी गर्ने र परिवारको पहिचान नभएसम्म घोराही नगरपालिकाले आबश्यक आवधिक आवासको व्यवस्था गर्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम हिजो राती बालबालिकाको खोजी गरी आबश्यक मनोपरामर्शपछि आज परिवारमा पुनस्र्थापना गरिएको नगरपालिकाका बालमैत्री फोकल पर्सन रेग्मीले बताए ।