Indrenionline.com

महिला कुट्ने हवलदारलाई  कारवाही सुरु

 तुलसीपुर २० पुस ।  महिलाई निर्घात कुटपिट गर्ने गोलटाकुरी प्रहरी चौंकीका इञ्चार्ज माथि प्रहरीले कारवाही गरेको छ । प्रहरी चौंकी गोलटाकुरीका इञ्चार्ज हवलदार मानबहादुर थापालाई ईलका प्रहरी कार्यालयले तुलसीपुर झिकाएर विभागिए कारवाही सुरु गरेको हो ।

चौकी इञ्चार्ज थापाले गोलटाकुरी गाविस वाड नं. ८ बंगालपुर निबासी सरिता कवँरलाई नियन्त्रपछि चौकीमा ल्याएर निर्घात कुटपिट गरेको अभियोग लागेको छ । कुटपिटको अभियोग खेपेका गोलटाकुरीका हवल्दार थापालाई स्पष्टिकरण सोध्नेकाम लगभग सकिएकोले अब कारवाही पक्रिया थालिने प्रहरीले बताएको छ । यसैविच आज महिलालाई झिकाएर सर्जिवन गरिने डिएसपी तिम्सिनाले जानकारी दिए ।

तीन दिन पहिले पिडित कँवुरले आफूमाथि भएको कुटपिटको विरोधमा ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि ईप्रका तुलसीपुरका प्रमुख डिएसपी लोकनाथ तिम्सिनाले थापालाई झिकाएर कारवाही सुरु गरेका हुन । इन्चार्ज थापाले गत आइतबार कुटपिट गरेका थिए ।

डिएसपी तिम्सिनाका अनुसार कँवर स्थानीय साना किसानवाट एक लाख रुँपैया ऋण लिएको र त्यसको व्याज बढेर थप ३० हजार पुग्दा समेत उनले पैशा नदिएको भन्दै साना किसानका महिलाहरुले नै समातेर आइतवार प्रहरी चौकीमा ल्याएका थिए । तर गोलटाकुरी प्रहरी चौकीका इञ्चार्ज थापाले कँवरलाई सम्वेदनसिल अंगहरुमा लाठीले निर्घात कुटपिट गरेर घाईते तुल्याएको जाहेरीमा उल्लेख छ ।

पिडित कँवरले पत्रकारका सामु थापाले लाठीले कुट्दा लागेका आधा दर्जनवढी निलडामहरु समेत देखाएकी थिइन । महिलामाथि निर्घात कुटपिट गरेको अभियोग खेपेका चौकी इन्चार्जलाई विभागिय कारवाहीको लागि झिकाएर आन्तरिक कारवाही थालिएपछि थापाको ठाउँमा प्रहरी चौकी बागरका इन्चार्ज तथा प्रहरी हवलदार लोलकबहादुर खत्रीलाई गोलटाकुरी खटाइएको छ ।

‘लेन देनको विषलाई लिएर मोरोले महिलालाई कुटपिट गरेछ, छानविन गर्दैछौ, अब उसलाई प्रहरी ऐन अनुसार कार्वाही हुन्छ ।’ डिएसपी तिम्सिनाले भने ।  श्रीमान विदेश जाने बेला सानाकिसान सहकारी संस्थाबाट गत मंसिरमा लिएको एकलाख रुपैयाँ समयमै तिर्न नसके पछि स्थानीले प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा चौंकी इन्चार्जले नियन्त्रणमा लिएर गाउँलेका अगाडि नै बाँसको लाठीले निर्घात कुटपिट गरेर गोलटाकुरीका तत्कालिन इञ्चार्ज थापाले सात दिन भित्र पैसा तिर्ने कागज समेत गराएको पिडित कँवरले जाहेरीमा उल्लेख गरेकी छन् । ‘महिला पुलिसले कुटेको भए पनि केहि मान्ने थिएन तर, त्यत्रो मानिसका अगाडि पर पुरुषले मेरो ख्यालै नगरी कुट्यो र पछि प्रहरी चौकी देखि बाहीर ल्याएर २०÷३० जना गाउँलेको अगाडि  तथानाम गालि गलौज ग¥यो । ’ पिडित सरिताले भनिन् ।

यातना विरुद्धकको हक समबन्धि एक नम्बर महलमा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिरक वा मानसिक यातना दिइने वा निजसंग निर्मम अमानविय वा अपमानजनक व्यवाहार गरिने छैन  भन्ने कानुनी व्यवस्था छ । यद्यपी दोषी सावित गर्न अझैपनि  कतिपय प्रहरी हिरासतमा चरम शारीरिक तथा मानसीक याताना दिने गरेको गुनासो पनि बेलामौकामा आउने गरेको छ ।