इन्द्रेणी संवाददाता
घोराही, १९ पुस । दाङको पहाडी गाविस स्यूजाका गाविस सचिव खिमेन्द्रसिंह खड्काले घोराही एक होटलबाट गाविस कार्यालय सञ्चालन गरेको स्थानीयले बताएका छन् ।
सचिव खड्काले होटलको सेटिङमा सामान्य जन्मदर्ता गर्दा पनि २ हजारदेखि २५ सयसम्म लिने गरेको उनले बताए । पत्रकार महासंघमा आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा काग्रेस, एमाले, राजमो, राप्रपालगायतका राजनीतिक दलका प्रतिनिधिहरु गाविस सचिव खड्काले गाविसको योजनातर्जुमा गोष्ठी र गाउँ परिष्षदमा पनि एकलौटी गरेको आरोप लगाएका छन् ।