दाङ, १८ पुस । दाङको तुलसीपुरमा संचालन हुन लागेको मध्यपश्चिम क्षेत्रिय व्यापारी तथा पर्यटन महोत्सवको प्रचारप्रसार एवं तयारी तीव्र पारिएको छ ।
रिजालले तुलसीपुरमा बहुआयामिक सभागृह निमार्ण गर्ने पवित्र उदेश्यका साथ आयोजना गर्न लागीएको मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन महोत्सव एवं औद्योगिक कृषि मेला –२००७३ महोत्सवलाई सफल पार्न यस क्षेत्रका सबै नागरिकहरुको सहयोग अपरिहार्य रहेको वताए ।
महोत्सवमा व्यापार व्यवसाय संचालन गर्नका लागि विभिन्न संघ संस्था तथा व्यवसायीहरुले स्टल वुकिङ्ग गरिसकेकोस्टल वुकिङ्ग उपसमितिका संयोजक मिनराज भण्डारीले जानकारी दिए । अहिलेसम्म स्टल वुकिङ्गको ७५ प्रतिशत काम पुरा भएको समेत उनले बताए ।