दाङ, १७ पुस । आफ्नै श्रीमानको बञ्चरो प्रहारवाट गम्भीर घाइते भएकी देउखुरीको लालमटीया १ बसन्तपुरकी हलिया चौधरीको मृत्यु भएको छ । घाइते चौधरीको आइतवार विहान ६ बजेतिर उपचकारका क्रममा बुटवलमा मृत्यु भएको बताइएको छ ।
श्रीमतीलाई बञ्चरो प्रहरी गरी हत्या गरेको अभियोगमा श्रीराम चौधरीलाई ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।