जानकी दहित
दाङ, १७ पुस । वलबहादुर वली (सितल) लाई सर्वसम्मत सेक्रेटरीमा निर्वाचित गर्दै ५५ सदस्यीय नयाँकार्य समिति चयन गर्दै आज नेकपा (माओवादी) दाङ्गको आठौं जिल्ला सम्मेलन सकिएको छ ।
संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद नै हो भन्ने ठोकुवा गर्दै उहाँले आफूहरुले कार्यदिशाको थप विकास गर्न लागी परेको बताए ।
कार्यक्रममा नवनिर्वाचित पार्टीका जिल्ला सेक्रेटरी सितलले सबै क्षेत्रमा देखिएको बेथितिविरुद्ध कडा संघर्ष गर्ने बताए । संसदवादी दलहरुले राष्ट्रियता विरोधी गतिविधि संचालन गरिरहेको भन्दै राष्ट्रियताको पक्षमा सक्रिय रुपमा संघर्ष गर्ने आम नेता कार्यकर्तालाई आह्वान गरे ।