राजेश वली
तुलसीपुर, १७ पुस । तुलसीपुर नगरपालिका वडा नं. १० गहते विसमुरेमा गाडी पुगेको छ । तुलसीपुर बजारदेखि करिब १० किलोमिटर पश्चिम उत्तरमा पर्ने गहते विसमुरेमा आज पहिलो पटक बस पुगेको हो ।
कृषि उत्पादनका लागि निकै पकड क्षेत्र मानिने गहतेवीसमुरे बस पुग्दा कृषकमा अझ खुसी भएका छन् । वस गाउँमै पुगेपछि स्थानीयहरुलाई घण्टौं हिडेर बजार आउने वाध्यता टरेको छ । स्थानीय त खुसी नै छन् त्यसमा पनि कृषकहरु वढी खुसी देखिएको कृषक भद्रबहादुर केसीले बताए । आज एक कार्यक्रमका विच बस सञ्चालन कार्यक्रमको उद्घाटन समेत गरिएको छ ।