शरद रेग्मी
तुलसीपुर, १७ पुस । लक्ष्मीपुरको गोग्लीस्थित घोराही सिमेन्ट उद्योगको आज जिल्लाका उद्योगी व्यवसायिहरुले अवलोकन गरेका छन् ।
वाणिज्य संघका अध्यक्ष विमल रिजालको नेतृत्वमा उद्योगी, व्यापारी एवं व्यवसायीहरु घोराही पुगेका थिए । सो क्रममा वोल्दै संघका अध्यक्ष रिजालले मापदण्ड अनुरुप स्थापित उद्योगहरुलाई राज्यले संरक्षण गर्नुपर्ने वताए ।
पछिल्लो अवस्थामा जिल्लामा औद्योगिकरणको विकास भैरहेको भन्दै उद्योग स्थापनाले स्थानियस्तर र जिल्लाको विकासमा समेत टेवा पुग्ने रिजालको धारणा छ ।
सो अवसरमा घोराही सिमेन्ट उद्योगका वरिष्ठ जनसम्पर्क अधिकारी विकास शर्माले उद्योग स्थापना भएको क्षेत्र र गा.वि.स.मा स्वास्थ्य, खानेपानी, वाटो र स्कुलहरुको स्तरबृद्धिका लागि ठूलो योगदान पुरयाएको वताएका थिए ।