Indrenionline.com

अमिलियामा साहित्यक कार्यक्रम

दाङ, १७ पुस । मध्यपश्चिमाञ्चलमा क्रियाशील करीव डेड दर्जन साहित्यिक संघको आयोजनामा अमिलियामा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद दाङशाखाको आयोजना एवं अन्य १५ भढी साहित्यक संस्थाहरुको सहआयोजनामा भएको वृहत् साहित्यिक कार्यक्रम भएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा प्रलेस.नेपालका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद शर्माको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापा, साहित्यकार जागेश्वर शर्मा घिमिरेलगायतले आफ्ना विचार राखेका थिए । सहभागी साहित्यकारहरुले आफ्ना रचना समेत बाचन गरेका थिए ।