इन्द्रेणी संवाददाता
दाङ, १६ पुस । दाङको डुरुवा गाविस वडा नं. ४ कोठरीमा सञ्चालन भइरहेको माघी विशेष संस्कृतिक महोत्सवमा आजको माहोल नायिका रेखा थापाले तताइन । महोत्सवको अन्तिम दोस्रो दिन शनिवार नायिका थापाले दर्शकहरुलाई आफ्ना प्रस्तुतीबाट भरपुर मनोरञ्न दिइन ।
महोत्सवमा थापाले ‘बनेको छ पहराले यो छाती मेरो बगेको छ झरना रगतमा मेरो, पखेरोमा जन्मे टाकुरामा खेल्न म झुक्दै नझुक्ने म नेपालीको छोरी’ बोलको देशप्रेमीले भरिएको गीत गाएकी थिइन् । कार्यक्रममा अन्य कलाकारहरुले पनि प्रस्तुती राखेका थिए ।