दाङ, १६ पुस । यहाँका गर्भवती महिलालाई गर्भ परीक्षण गराउन फोनबाटै निम्ता आउने गरेको छ ।
गर्भवती महिलालाई पाँचपटक स्वास्थ्य चौकीले फोन गर्ने गर्दछ । गर्भवती भएको चार महिना, छ महिना, आठ महिना, नौ महिना र गर्भवतीलाई सुत्केरी हुने मिति पुग्यो भने स्वास्थ्य चौकीले फोन गर्ने गरेको छ ।
“सुरक्षित मातृ शिशु अभियानअन्तर्गत स्वास्थ्य चौकीले यो सेवा केही महिना पहिलेदेखि सुरु गरेको हो, यसले गर्दा पछिल्लो समयमा गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना प्रवाह भएको छ” – रावतले भने।
त्यसैगरी गर्भवती महिलाले स्वास्थ्य संस्थाबाट जाँच गराएर फर्कदा उपहारस्वरुप आयोडिनयुक्त नुनको पोको र आइरन चक्की पनि दिने गरेको छ । राजधानीमा खबर छ । यतिमात्र होइन स्वास्थ्य चौकीले सुत्केरीपछि घर फर्कंदा तथा सुत्केरी हुन आउँदा उनीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा पनि दिने गरेको छ । उनीहरुलाई स्वास्थ्य संस्थामा बस्दा खाजाको समेत व्यवस्था गरेको छ ।
घर फर्किएपछि पनि सुत्केरी भएको तेस्रो र सातै दिन घरमा नै पुगेर आमा र बच्चाको स्वास्थ्यकर्मीले चेकजाँच गर्ने व्यवस्था मिलाएको रावतले बताए । चेकजाँच गर्न जाने स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य चौकीले खाजाको व्यवस्थासमेत मिलाएको छ ।