दाङको डुरुवा ४ कोठरीमा आज मंगलवारदेखी माघि विशेष सांस्कृतिक महोत्सव हुदै छ । भोलीदेखी १७ गतेसम्म हुने माघी विशेष सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवकालागी आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।
महोत्सवमा नेपाली चलचीत्र एवं सांगीतीक क्षेत्र र हास्यव्यंग्य क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाली चलचीत्रकी चर्चीत एवं लोकप्रीय नायीका रेखा थापा, लोकदोहारी क्षेत्रका लोकप्रीय गायक पशुपति शर्मा, चर्चीत लोकदोहारी गायकहरु खुमन अधिकारी, खुमन अधिकारी, गायक दुर्गेश थापा, तीलक वली, हास्य कलाकारहरु सुरेन्द्र केसी (मुलासाग), जोगेन्द्र पानवाला, हर्के हवल्दार लगायतका कलाकारहर आउने कार्यक्रम रहेको महोत्सवका प्रचारप्रसार संयोजक आर.के. शीतलले जानकारी दिनुभयो ।