दाङ, ९ पुस । शिक्षक दरबन्दी मिलानमा दाङका पेशागत शिक्षक संघ संगठनहरुले थप समय माग गरेका छन् । दरबन्दी मिलान आधार तय बनाउनको लागि जिल्ला शिक्षा कार्यालयका पेशागत संघसंगठनहरुको बैठक बोलाइएको थियो । बैठकका सहभागी शिक्षक अगुवाहरुले आफ्नो संगठनमा छलफल गर्ने समय माग गरेको शिक्षा कार्यालयले जनाएको छ ।
शिक्षा नियमावलीमा १ शिक्षक बराबर ४० विद्यार्थी रहने भएकाले त्यहि आधार मानेर शिक्षा कार्यालय दाङले एक शिक्षक बराबर ५० विद्यार्थी अनुसार आधार तय गर्ने जनाएको छ । कार्यालयका अनुसार जिल्लाका २५ वटा प्राथमिक विद्यालयमा एकजना पनि दरबन्दीको शिक्षक छैनन् । त्यसैगरी ६ देखि ८ कक्षा चलेका १५ र माध्यमिक तहको १२ वटा विद्यालयमा दरबन्दीका शिक्षकहरु नभएको बताईएको छ ।।