प्युठान, ७ पुस । प्युठानको वाङगेसाल गाविस वड नं. ६ दरभानमा आज स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समितिको टिकट वुकिङ काउन्टर एवं वसपार्कको जग्गा कार्यक्रम सम्पन्न भएको छ ।
करीव ६० लाख बराबर मुल्यको जग्गा सहयोग गर्ने दाताहरुलाई दरभान बजारमा समेत परिक्रममा गराइएको थियो । भालुवाङ–रोल्पा, प्युठान सडकखण्डमा सञ्चालनमा आएको उक्त वसपार्कमा भालुवाङ हुदै रोल्पा र प्युठान जाने वसहरुले प्रयोग गर्ने छन् ।