Indrenionline.com

जिल्लास्तरिय मानवअधिकार निगरानी समूह पुनर्गठन

शालिकराम मुसाफिर
घोराही, ७ पुस । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रमअन्तर्गत जिल्लास्तरिय मानवअधिकार निगरानी समूह पुनर्गठन गरिएको छ ।

मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा भएको अधिकारकर्मीहरुको भेलाले जिल्लामा क्रियाशील मानवअधिकार सञ्जाललाई नै मानवअधिकार निगरानी समूहको जिम्मेवारी दिने निर्णय गरेको हो ।

केशवकुमार शर्माको संयोजकत्वमा इन्सेक, हरप्लेस, ओरेक, महिला मानवअधिकार रक्षक सञ्जाल, नागरिक समाज, जिल्ला बार, उच्च अदालत बार, खाद्यअधिकार सञ्जाल, अपाङग मानवअधिकार एवं सरोकार मञ्च, काहुराष्ट्र, मानवअधिकार प्रतिष्ठान, नेपाल पत्रकार महासंघ, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रलगायतका संस्थागत प्रतिनिधी निगरानी समूहको सदस्यरहने भएका छन्

समितिले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका क्षेत्रमा गाउ र जिल्लाका सरोकारवालाहरुकोवीचमा पुलको काम गर्नेछ । इन्सेकले चालु वर्षदेखि दाङको लक्ष्मीपुर र सौडियारमा कार्यक्रम लागु गरेको छ भने नियमित मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण, अनुगमन र पीडितलाई न्यायकालागि सहजीकरण गर्ने काम गर्दै आएको छ । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयकी कार्यक्रम अधिकृत उन्नती केसीले इएलपी कार्यक्रमको उद्देश्य र इन्सेकको गतिविधिबारे जानकारी दिएका थिए भने क्षेत्रीय कार्यालयकी कार्यक्रम अधिकृत सरस्वती मल्लले सहजीकरण गरेकी थिइन् ।