Indrenionline.com

सर्वोच्चमै लोकमानसिंह कार्कीलाई कालोमोसो दले विप्लवका कार्यकर्ताले

sahi

काठमाडौं – अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि अदालत परिसरमै कालोमोसो दलिएको छ । बयानका लागि अदालतमा  गएका कार्कीमाथि विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता प्रकाश शाही र चन्द्र बुढाले कालोमोसो दलेका हुन् ।

कालो मोसो दल्ने व्यक्तिले नेकपा माओवादी जिन्दावाद भन्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु अहिले प्रहरी हिरासतमा छन् ।