Indrenionline.com

पाँच महिनामै बार्षिक लक्ष हासिल

krishi

भरतराज शर्मा, तुलसीपुर ६ पुस ।   कृषि विकास वैंक शाखा कार्यालय तुलसीपुरले पाँच महिनामै वार्षिक लगानी लक्ष्य हासिल गरेको जनाएको छ । आर्थिक वर्ष ०७३/०७४मा १३ करोड लगानिगर्ने लक्ष्य लिएको वैंकले मसिंर मसान्त मै १३ करोड लगानी गर्न सफल भएको हो ।

वार्षिक लक्ष्य पाँच महिनामै हासिल गर्न सफल भएको शाखा कार्यालय तुलसीपुरका प्रमुख एकराज शर्माले जानकारी दिए । आर्थिक वर्ष २०७२/०७३को असार मसान्तमा कुल लगानी ६८करोड रहेको कृषि विकास वैंक शाखा कार्यालय तुलसीपुरले मसिंर मसान्त सम्ममा थप १३ करोड लगानी गरी वैंकको लगानी ८१ करोड पुर्याएको कार्यालय प्रमुख शर्माले वताए ।

सरल कृषि कर्जामा वार्षिक १० प्रतिशत र अन्य उद्योग व्यवसायमा वार्षिक १२ देखि १४प्रतिशत व्याजमा लगानी कृषि विकास वैंक शाखा कार्यालय तुलसीपुरले गर्दै आएको जानकारी दिएको छ । लागनीमा  वार्षिक लक्ष्य हासिल भएपछि थप लगानीका लागि कृषि विकास वैंकको केन्द्रिय कार्यालयमा अनुरोध पत्र पठाए पनि हालसम्म कुनै परिपत्र नआएको शाखा कार्यालय तुलसीपुरका प्रमुख शर्माले वताए ।

व्यवसायिक तरकारी खेति ,व्यवसायिक पशुपालन, साना तथा मझौला उद्योग सञ्चालन देखि व्यापार व्यवसाय समेतमा गरी सेवा क्षेत्रको झण्डै १८ हजार उद्यमी परिवारलाई वैंकले लगानी गरेको कृषि विकास वैंक शाखाकार्यालय तुलसीपुर शाखाले  जनाएको छ । सेवा क्षेत्रमा ८१ करोड लगानी गरेको शाखा कार्यालय तुलसीपुरको निक्षपमा २४करोड रुपैयाँ रहेको जनाएको छ ।

निक्षपमा रकम उत्तसाह जनक नरहेपनि गत वर्षको तुलनामा भने सन्तोषजनक नरहेकोपनि जानकारी दिइएको छ । प्रमुख शर्माका अनुसार गत आर्थिक वर्षमा २२ करोड निक्षप रहेको थियो भने चालु आर्थिक वर्षको हालसम्म २ करोड वढेर २४ करोड निक्षप रकम भएपनि लगानीका तुलनामा निक्षप कम रहेको जानकारी दिए ।