इन्द्रेणी संवाददाता
दाङ, ५ पुस । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज दाङमा एक घण्टा चक्काजाम गरिएको छ । युवा संघ दाङको आयोजनामा दिउँसो १ बजेदेखि २ बजेसम्म चक्काजाम गरिएको थियो ।
सो अवसरमा घोराहीको तुलसीपुर चोकमा आयोजना गरिएको कोणसभामा बोल्ने वक्ताहरुले तत्काल घटनाको छानविन गरी हत्यारालाई कारवाही गर्न माग गरेका थिए ।