काठमाडौँ – भूकम्प र नाकाबन्दीका कारण गत बर्ष निकै समस्यामा परेको पर्यटन क्षेत्र यस बर्ष भने लयमा फर्केको छ । भूकम्पपछिको नकारात्मक प्रचार र नाकाबन्दीले सिर्जना गरेको हाहाकारका कारण गत बर्ष पर्यटन आगमनमा गम्भीर असर परेको थियो । सन् २०१५ मा ३२ प्रतिशतले घटेको आगमनदर यस बर्ष भने पहिलेकै अवस्थामा फर्कने संकेत देखिएको छ ।सन् २०१६ को ११ महिनामा गत बर्षको भन्दा १ लाख १६ हजार १ सय ७४ बढी पर्यटक भित्रिसकेका छन् । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।
डिसेम्बरमा पर्यटन आगमन दर २०१४ को हाराहारीमा पुग्ने देखिएको छ । सरकारले सन् २०१६ मा ६ लाख ५० हजार पर्यटक आउने लक्ष्य प्रक्षेपण गरेपनि ११ महिनामै प्रक्षेपण गरिएभन्दा बढि पर्यटक नेपाल भित्रिसकेका छन् ।
रातोपाटी बाट साभार