Indrenionline.com

गंगा माविको अभिभावक भेला सम्पन्न

दाङ, १ पुस । गंगा माध्यमिक विद्यालय रामपुरको अभिभावक भेला आज सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुलुवा चौधरीको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यालयका श्रोतब्यक्ति बेदराज धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सर्वपक्षीय सहकार्यबाट मात्रै गतिबिधि अघी बढाउनुपर्ने बताए ।

भेलामा विद्यालयका प्राचार्य राजेन्द्रकुमार घिमिरेले भेलाको आवश्यकताका बारेमा प्रकाश पारेका थिए । विद्यालय ब्यवस्थापन समिति गठन प्रक्रियाका लागि आह्वान गरिएको भेलामा सहमति जुट्न नसकेपछि सहमतिको प्रयासलाई जारी राख्दै सहमति हुन नसके पुस २१ गते निर्वाचन गर्नेगरी निर्वाचन कार्यक्रम पनि तय गरेको छ ।

कार्यक्रममा बिशिष्ट अतिथि काग्रेसका पूर्वजिल्ला सचिव कमलकिशोर घिमिरे, एमाले पूर्वजिल्ला अध्यक्ष नरुलाल चौधरी, रामपुर गाविसका पूर्वअध्यक्ष बुद्धिमणि पन्त, पूर्व उपाध्याक्ष राममणि पाण्डे, काग्रेस क्षेत्र नं २ का सचिव चुडामणि आचार्य, काग्रेस रामपुर इकाइ सभापति रेवतीप्रसाद घिमिरे, एमाले रामपुरका अध्यक्ष केशव आचार्य, माओवादी केन्द्रका भेषराज थापा, राष्टिय जनमोर्चाका गोविन्द रिजाल माओवादी क्रान्तिकारीका अमर पोख्रेल, नेकपा माओवादीका ज्वाला खतिवडा,अभिभावकहरु कल्पना परियार, जयन्तप्रसाद चौधरी लगायतकाले आ-आफ्नो विचार राखेका थिए । कार्यक्रमको सहजिकरण शिक्षक हेमराज शर्माले गरेका थिए ।