सल्यान, १ पुस । सल्यानमा नेपाल पर्यटन पत्रकार संघको जिल्ला अधिवेशन सम्पन्न भएको छ । संघका केन्द्रिय अध्यक्ष धनिराम शर्माको प्रमुख आतिथ्यता भएको पहिलो जिल्ला अधिवेशनबाट डिल्लीराज रावत अध्यक्षको अध्यक्षतामा १३ सदस्यीय समिति निर्माण भएको हो ।
जिल्लामा क्रियाशिल विभिन्न संचार माध्याममा कार्यरत विभिन्न संगठनमा रहेका पत्रकारहरुलाई नेपाल पत्रकार संघमा आवद्ध गरिएको छ । पत्रकार प्रतिक इच्छुकको संयोजकत्वमा केहिदिन अगाडि निर्माण गरिएको तदर्थ समितिबाट १३ सदस्यीय जिल्ला शाखा निर्माण भएको हो । अधिवेशन पछिको बैठकले संघका निर्वतमान संयोजक प्रतिक इच्छुकलाई सल्लाहकार सदस्य र संघका सदस्य बुद्धिमान पुनलाई प्रवक्ता बनाएको छ ।