शरद रेग्मी
दाङ, २९ मंसिर । युवा तथा खेलकुद मन्त्री दलजित शिर्पाइलीले अब तुरुन्तै सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।
रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री शेर्पाइलीले निर्वाचन गराएर देशलाई सम्वृद्धिमा लैजाने अवसर यो सरकारलाई प्राप्त भएकोले अबको केही दिनमै सरकारले निर्वाचनको मिति घोषणागर्ने तयारीमा लागेको बताए ।