इन्द्रेणी संवाददाता
दाङ, २६ मंसिर । यही मंसिर ३० गतेदेखि पुष ६ गतेसम्म दाङको घोराहीमा सञ्चालन हुन लागेको सातौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सब-२०७३ को अवसरमा आज घोराही कारागारका कैदीबन्दीहरुलाई पुस्तक हस्तान्तरण गरिएको छ । महोत्सव मुल आयोजक समितिले आज एक कार्यक्रमका बीच पुस्तक हस्तान्तरण गरेको हो ।
कार्यक्रम महोत्सब मुल आयोजक समितिका संयोजक घनश्याम बरालको अध्यक्षता तथा सल्लाहकार देविप्रसाद गुप्ताको प्रमुख आतिथ्यता र जेलर निमानन्त रिजालको विशिष्ठ आतिथ्यतामा भएको थियो ।