इन्द्रेणी संवाददाता
दाङ, २४ मंसिर । यही मंसिर ३० गतेदेखि पुष ६ गतेसम्म घोराहीमा सञ्चालन हुने सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ को ७५ प्रतिशत तयारी पूरा भएको छ ।
महोत्सब स्थलमा अहिले मञ्च निर्माण, स्टलहरु निर्माण, पर्खालहरुको व्यवस्था र गेट निर्माणको काम भैरहेको छ । महोत्सब स्थलमा निर्माण गरीएको सुन्दर गेटले शैक्षिक महोत्सबको माहोल निर्माण गर्न सुरु गरेको महोत्सब मुल आयोजक समितिका संयोजक घनश्याम बरालले बताउनुभयो । साथै महोत्सबमा अहिले सम्म ९० प्रतिशत स्टल बुकिङ तथा व्यवस्थापनको कार्य सकिएको स्टल ब्यबस्थापन समितिका संयोजक भैरव बहादुर रावलले जानकारी दिए ।
कार्यक्रममा कोमल वली, बद्री पंगेनी, माण्डवी त्रिपाठी, रामजी खाँड, चन्द्र शर्मा कमल गाउँले, कृष्ण रेउले, भुमिका गिरी आउने महोत्सब मुल आयोजक समिति अन्र्तगतको सास्कृतिक कार्यक्रम संयोजक गणेश ओलीले बताए ।
महत्वपुर्ण पुस्तकहरुको प्रर्दशनीको साथै समसामयिक शैक्षिक विषय बस्तुमा छलफल र विबिध साहित्यिक कार्यक्रम हुने महोत्सबको पहिलो दिन शोभायात्रामा सहभागिताका लागि सम्पुर्ण सामाजिक संघ सस्थाहरु, टोल विकास सस्था, विद्यालय लगायतका निकायहरुको सहभागिता हुने गरी समन्वय गरिएको शोभायात्रा व्यवस्थापन समितिका संयोजक लालमणि लम्सालले जानकारी दिए ।