इन्द्रेणी संवाददाता
घोराही, २४ मंसिर । मुलुकमा दिगो शान्तिको स्थापना नभइरहेको वेला सञ्चाकर्मीहरुले समाजिक उत्तरदायित्वको पत्रकारिता गर्न आवश्यक रहेको वक्ताहरुले बताएका छन् ।
यो समय संक्रमनकालिन समय भएको उल्लेख गर्दै द्धन्द्धका विषयमा रिपोटिङ गर्दा पत्रकारहरुले अधिक्तम संवेदनशिलता अपनाउनुपर्ने उनीहरुको जोड थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदीप गौतमको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तालिम आयोजक संस्थाका प्रतिनिधि सेन्टर फर मिडिया फ्रिडमका भोजराज अधिकारी, प्रशिक्षक विनोद ढुङगेल, पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदिप शर्मा, दाङ शाखाका उपाध्यक्ष लक्ष्मी आचार्य, स्थानीय विकास अधिकारी कुलबहादुर जिसीलगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण सहसचिव डिल्ली मल्लले गरेका थिए । तालिम अष्टलियन दूतावासको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ दाङशाखाको संयोजनमा भएको हो । तालिमको पहिलो दिन प्रमुख प्रशिक्षक विनोद ढुङगेल र पत्रकार सुशील गौतमले द्धन्द्धपछिको पत्रकारिताका विषयमा जानकारी दिएका थिए ।