इन्द्रेणी संवाददाता
दाङ, २३ मंसिर । यही मंसिर ३० गतेदेखि पुष ६ गतेसम्म दाङको घोराहीमा हुन लागेको सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ को तयारी तीब्ररुपमा भइरहेको छ । महोत्सव स्थल घोराहीस्थित कर्मचारी मिलन केन्द्रदेखि पछाडी रहेको राल्टट्रेडिङ कम्पनीको मैदानमा महोत्सव स्टर निर्माण भइसकेका छन् ।
त्यस्तै माण्डवी त्रिपाठी, रामजी खाँन, चन्द्र शर्मा कमल गाउँले, कृष्ण रेउलेलगायतका कलाकारहरुले पनि आफ्नो सांगीतिक प्रस्तुती राख्नेछन् ।
यसैबीच महोत्सब मुल आयोजक समितिले मंसिर २५ गते हुने रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सामाजिक दायित्व ठान्दै सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब मुल आयोजक समितिले रक्तदान कार्यक्रम राखेको हो ।