इन्द्रेणी संवाददाता
घोराही, २१ मंसिर । नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले विज्ञप्ति जारी गरी अहिले विभिन्न ठाउँमा उठिरहेको अखण्डताको नारा देशलाई संघीयतामा जान नदिने षड्यान्त्र भएको बताएका छन् ।
विज्ञप्तिमा संविधान कार्यान्वयनको पक्षमा उभिदै कथित आन्दोलनमा सहभागी नहुन र देश, जनता एवं संघीयताप्रति दृढतापूर्व उभिन जनसमुदायलाई अपिल गरिएको छ ।