जंग रेउले
घोराही, २१ मंसिर । विप्लवनिकट अखिल (क्रान्तिकार) विद्यार्थीले महेन्द्र बहुमुखी क्याम्पसमा इकाइ कमिटी गठन गरेको छ । विद्यार्थीको संगठन सुदृढ तथा अभियानअन्तर्गत आज घोराहीको महेन्द्र बहुमुखी क्याम्पसको शिक्षा संकायको विएड प्रथम वर्षमा इकाई गठन गरेको हो ।
जिल्ला सदस्य अर्जुन केसी अध्यतामा तथा केन्द्रिय सदस्य एवं दाङ जिल्लाका अध्यक्ष हेमन्त जिसीको प्रमुख अतिथ्यता र जिल्ला उपाध्यक्ष प्रितिमा चौधरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको थियो ।