अहिले सम्म दाङका बिभिन्न गाबिसमा गरि ४ हजार भन्दा बढि सुधारिएको चुलो निर्माण गरिएको राष्ट्रिय सुधारिएको चुलो पर्बद्धक समुह दाङका संयोजक अनिल बैद्यले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षमा तीन हजार नयाँ चुलो निर्माण गर्ने लक्ष्य रहेको संयोजक बैद्यले बताए । अहिले दाङको फुलवारीका ९ र ६ नंबर वडा पुर्ण रुपमा धुवा मुक्त भएको संयोजक बैद्यले जानकारी दिए । उनका अनुसार अब त्यहाँका अन्य वडाहरुपनि पुर्णरुपमा धुवामुक्त भएपछि गाबिसलाई एकै पटक धुवामुक्त गरिने छ ।
सरकारले खाना पकाउनका लागि एलसी ग्यास, सुधारिएको चुलो र गोबरग्यास प्रयोग गर्नेको संख्या ९० प्रतिसत पुग्यो भने धुवामुक्त मानिन्छ । ‘अहिले सम्म दाङको फुलवारीका ९ र ६ पुर्ण रुपमा धुवा मुक्त भईसकेका छन्, अब घोषणा गर्न मात्रै बाँकि छ’ संयोजक बैद्यले भने । अहिले दाङको रामपुर गाबिसमा चुलो निर्माण कार्य भईरहेको समुहका जिल्ला सल्लाहकार पोषणराज गौतमले जानकारी दिए । उनका अनुसार अहिले रामपुरको ९ र ६ नंबर वडामा सुधारिएको चुलो निर्माण कार्य भईरहेको गौतमले जानकारी दिए ।
यसका लागि रामपुर गाबिसले छड उपलब्ध गराएको छ भने अन्य लागानी घरधनीले नै गर्नु पर्छ । सुधारिएको चुलो निर्माण गर्दा लाग्ने ज्याला घरधनीले नै ब्यहोर्नु पर्ने छ । एउटा चुलो निर्माण गरिदिए वापत प्राबिधिकले चार सय रुपैयाँ लिने पारिश्रमीक लिने गरेका छन् । भान्सामा ९० प्रतिसत धुवा कम हुने, ४० प्रतिसत दाउराको बचत हुने, खाना छिटो पाक्ने, साधारण चुलोमा पकाएको जसरी भाडा फोहर नहुने, खाना तातो भईराख्ने भएपछि सुधारिएको चुलोप्रति स्थानिय आर्कषित हुने गरेका छन् ।
प्रायः दाङको ग्रामिण क्षेत्रमा सुधारिएको चुलो बढि प्रयोग हुने गरेका छन् । दाङमा एलपी ग्यास प्रयोग कर्ताको संख्या पनि धेरै भएकाले दाङलाई धुवामुक्त जिल्ला बनाउन थप सहयोग पुग्ने अध्यक्ष बैद्यले जानकारी दिए ।
