इन्द्रेणी संवाददाता
नरायणपुर, २० मंसिर । लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियानअन्तर्गत आज नारायणपुरमा र्याली तथा कार्यक्रम सम्पन्न भएको छ । विभिन्न संघ संस्थाको आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले लैंगिक हिंसा अन्त्य आफैबाट सुरु गर्नुपर्ने बताएका थिए । उनीहरुले हिंसा सहेर बस्न नहुने भन्दै कानुनी उपाय अपनाउन आवश्यक भएको पनि बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नोखीराम केसी, राप्रपाका लिलाबहादुर खत्री, ईलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख मोहनलाल अधिकारी, युवा सञ्जाल त्रिपुरका अध्यक्ष शिव श्रेष्ठ, पत्रकार बामदेव देवकोटा, सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका शिवपूर्णा आचार्य, मेलमीलाप केन्द्रका अध्यक्ष चित्रबहादुर वली, महिला अधिकार मञ्चका कृष्णा रावत लगायतले आ अ ाफ्नो विचार व्यक्त गरेका थिए ।