इन्द्रेणी संवाददाता
दाङ, २० मंसिर । दाङमा एक जनाले गोली हानी आफ्नै भाउजुको हत्या गरेका छन् । घोराही नगरपालिका वडा नं. ३ ओखरा निवासी २६ वर्षीया विक्र थापाले त्रिपुर नगरपालिका हापुर वडहराकी २८ वर्षीय भाउजु पूर्णा थापाको गोली हानी हत्या गरेका हुन् ।
मृत्युपछि मृतकका परिवारले पाउने क्षतिपूर्ती रकमको विवादमा देउरले भाउजुमाथि गोली हानेको बताइएको छ । हत्यामा संलग्न घोराही–५ का दीपक गिरीलाई प्रहरीले नियनत्रणमा लिएको छ ।