
व्यवसायीहरुले आ–आफ्नो कारोवार निर्धक्कसंग गर्न पाउने वातावरण मिलाई शान्ति सरक्षाको पुर्ण प्रत्याभुति प्रदान गर्न स्थानिय प्रशासनसंग माग गरिएको छ । साथै बुटवल बस्त्रालयका प्रोप्राईटर राजुकुमार श्रेष्ठको रकम लुटपाट भएको प्रति तुलसीपुर उद्योग बाणिज्य संघले ध्यानाकर्षण जनाएको छ । संघका पुर्ब सल्लाहकार तथा आजिवन सदस्य समेत रहेका श्रेष्ठको एक महिना अघि रकम लुटपाट भएको र अहिले सम्म दोषी पत्ता नलागेको भन्दै संघले आपत्ति जनाएको हो ।
उक्त रकम हाल सम्म पनि प्राप्त हुन नसकेकाले कडा अनुसन्धान गर्न बिज्ञप्ती मार्फत प्रहरीलाई आग्रह गरिएको छ