तुलसीपुर, १८ मंसिर । वसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि मृतकका आफन्तले गरेको बन्द केही समय अघि खुलेको छ । ठक्कर दिने वस चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि बन्द फिर्ता लिएका हुन् ।
रा ३ प २६२३ नम्वरको स्कुटीलाई नेपालगञ्जवाट आउँदै गरेको ना ५ ख ७३१९ नम्वरको वसले तुलसीपुरको गुम्राह चोकमा ठक्कर दिदा रुकुम खारा घर भई हाल तुलसीपुर ५ बसपार्कको न्यूरोड बस्दै आएका २५ बर्षका विकास वलीको मृत्युभएको थियो । वसको ठक्करवाट गम्भिर घाईते वलीको उपचारको क्रममा राप्ती अञ्चल अस्पतालमा मृत्यु भएको हो ।