शरद रेग्मी
दाङ, १६ मंसिर । लैङिगक हिंसा अत्यका लागि सामुहिक प्रयासको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । रिपोर्टर्स क्लव दाङले आज तुलसीपुरमा आयोजना गरेको महिला हिंसा न्यूनिकरणमा हाम्रो चासो विषयक साक्षात्कार कार्यक्रममा सहभागीहरुले अफै पनि विभीन्न हिंसाहरु भोग्नुपरेको भन्दै त्यसको अत्यका लागि सवैको प्रयास आवश्यक परेको बताएका थिए ।
त्यसैगरी कार्याक्रममा कोमल वलीले महिला द्धारा महिलाहरु नै हिंसामा परेको भन्दै महिला हिंसाको अत्यका लागि आफनो परिवार बाटै सुरु गर्नु पर्र्ने वताइन् ।
रिपोर्टर्स कल्व दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरीले महिलाहरुमाथि विभीन्न स्थानमा अझैपनि हिंसा हुने भएकाले त्यसको अत्यका लागि सवै लाग्नुपर्ने वताए ।