
बुढा मगलको शव मंगलवार जंगलमा फेला परेको थियो । एसपी सिंहले महिलाको बुढा मगरको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे । शव प्राप्त भएको स्थान र प्रकृति हेर्दा बुढा मगरको हत्या भएको आशंका गर्न सकिने आधारहरु रहेको एसपी सिंहले जानकारी दिए ।
अमेलिया चोकको झन्डै तीन किलोमिटर उत्तर तर्फ दाङको तुलसीपुर आउने बाटोमा नजिकै जंगल भित्र बुढा मगरको शव फेला परेको थियो । स्थानीय महिलाहरु मेलापात गएको समयमो शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।