घोराही १६ मंसिर । प्रदेश न. ५ को पहाडी जिल्लाहरु रोल्पा , प्युठान , अर्घाखाँची , पाल्पा , गुल्मीलाई प्रदेश नं. ५ बाट हटाउनवारे जिल्लामा क्रियासिल प्रमुख दलहरुले छुटाछुटै धारणा व्यक्त गरेका छन् । सत्ताको बागडोर सम्हालेको दल नेकपा माओवादी केन्द्रले पहाडी जिल्ला हटाउने निर्णयको स्वागत गरेको छ । तर, सत्ताके प्रमुख साझेदार दल नेपाली काँग्रेसको जिल्ला नेतृत्वले यो सवालमा मौनता साँधेको छ । काँग्रेसको जिल्ला नेतृत्व यो सवालमा केही बोल्नै चाहेन ।
तर, सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दाङले भने त्यसको कडा शब्दमा विरोध गरेको छ । नेकपा एमालेले संसद अवरुद्ध पार्ने र सडक तताउने निर्णय समेत गरिसकेको छ । उसको भातृसंगठनहरु अनेरा स्ववियु र युवासंघले बुधवार विहान १० बजेदेखि ११ बजेसम्म एक घन्टा चक्काजाम समेत गरेको थियो ।
नेपाली काँग्रेस दाङले प्रदेश न. ५ का पहाडी जिल्ला विभाजन वारे अहिले नै केही बोल्न नसक्ने वताएको हो । यस विषयमा पार्टीको ठोस निर्णय नभएकोले यसवारे हतारमा कुनै टिप्पनी नगर्ने जिल्ला सचिव शंकर डाँगीले बताए ।
विरोधमा एमाले
एमाले दाङले भने पहाडी जिल्ला विभाजन वारे कडा विरोध जनाएको छ । नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्काले प्रदेश न. ५ का पहाडी जिल्ला अलग्याउनु भनेको पहाडी र मधेसी विच जातिय द्धन्द्ध निम्त्याउने प्रयास भएको बताए । खड्काले भने ‘पहाड र तराईको सम्वन्ध सदियौं पुरानो छ । एउटा घर पहाडमा र अर्काे घर दाङमा छ । त्यसैले यो घातक छ ।’ पहाड र तराई अलग गराउनु गलत हुने उनले बताए । तराईमा निर्भर पहाड – पहाडमा निर्भर तराई रहेकाले संघीयताका नाममा तराई र पहाड विच लडाई गराउनु गलत हुने उनले बताए ।
लुम्विनीका ५ जिल्ला पाल्पा , गुल्मी , अर्घाखाँची रुपन्देही र नवलपरासी र राप्तीका ५ जिल्ला दाङ प्युठान , रोल्पा .सल्यान , रुकुम र भेरी दुई जिल्ला वाँके र वर्दिया लाई प्रदेश न. ५मा संमायोजन गरी लैजानु उपयुक्त हुने उनको तर्क थियो । त्यसपछि मात्रै प्रदेश न. ५ आर्थिक एंव भौतिक विकास सम्भव हुने उनको धारणा थियो । उनले प्रदेश न. ५को प्रस्तावित ६ जिल्लाले दाङलाई कमजोर वनाउनले दाबी गरे । एमाले अध्यक्ष खड्काले दाङ प्रान्तिय राजधानीको चर्चा चलिरहेका वेला पहाडी जिल्लाहरुलाई टुक्रयाउनु दाङलाई राजधानीका हिसावले कमजोर वनाउने षडेन्त्र रहेको बताए ।
अध्यक्ष खड्काले भारतको ईशारामा ५ न. प्रदेशको डिजाईन फेरवदल भएको दोषारोपन गरे । उनले तराईलाई मात्रै छुट्टै प्रदेश वनाउनु सिक्किमीकरण गर्ने षडेन्त्र भएको बताए । जनताको भावना विपरित कुनै निर्णय नेकपा एमालेका लागि मान्य नहुने बताएका एमाले जिल्ला अध्यक्ष खड्काले सडक देखि सदन सम्म ठप्पपार्ने बताए ।
माओवादी केन्द्र
नेकपा माओवादी केन्द्र दाङले प्रदेश न. ५ प्रस्तावित ६ जिल्ला सहितको छुट्टै तराई सहितको प्रदेशीय संरचना निकै उपयोगी र प्रशनिय रहेको दावी गरेको छ । नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज जीवन गौतमले जातिय पहिचान सहितको संघियताले नेपाललाई ठुलो जातिय द्धन्दमा लैजाने खतरा रहेकोले नेपाल एकीकृत राष्ट्र भएकाले जातिय पहिचन सहितको संघियता आवश्यक नरहेको बताए ।
जिल्ला ईन्चार्ज गौतमले पुर्व नवलपरासी देखि पश्चिम वर्दिया सम्म ६ जिल्ला सहितको प्रदेश न. ५ दाङका सेवा सुविधा र उपयोगिता लागि निकै उपयोगी रहेको दाबीगरे । प्रदेश न. ५ लाई तराई सहितको छुट्दै प्रदेश वनाउनुको सार नै थारुवान वहुल क्षेत्रलाई छुट्दै कायम गर्नु रहेको उनको तर्क थियो । दाङ , वाँके , वर्दिया , रुपन्देही , नवलपरासी र कपिलवस्तु प्रदेश न. ५ का लागि स्वागत योग्य क्षेत्र रहेकोले यो अतेन्तै उपयुक्त प्रदेश बन्ने उनले बताए ।
मध्यपहाडी लोक मार्गवाट रुकुम रोल्पा , प्युठान , वाग्लुङ , पाल्पा , अर्घाखाँची लाई जोड्न सकिने भएकाले ति जिल्लाहरुलाई तराई संग जोड्नु उपयुक्त नहुने उनको धारणा थियो । उनले भने ‘तराई छुट्दै , पहाडलाई छुट्दै गराउनु नेताहरुको स्वार्थ होईन । माओवादीको पहिलो माग नै पहिचान सहितको संघीयता थियो , यो त्यसैको अभ्यास हो ।’ दङगालीहरुको लागि पछिल्लो सिमांकन निकै लाभदायिक हुने उनले बताए । पुर्र्वमा नवलपरासी र पश्चिममा वर्दिया लाई जोड्दा दाङ केन्द्र बन्ने उनको दाबी थियो । अब राजधानी पनि दाङ नै हुने उनको दाबी छ ।
एक घन्टा चक्का जाम
सरकारले प्रदेश नं. ५ वाट पहाडी जिल्लाहरु हटाउने गरि मंगलवार संशोधन प्रस्ताव संसदमा दर्ता गराएको विरोधमा बुधवार दाङमा एक घन्टा चक्काजाम भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्वयू र युवासंघको संयुक्त आयोजनामा बुधवार विहान १० बजेदेखि ११ बजेसम्म दाङमा चक्काजाम गरिएको थियो । अनेराश्ववियू दाङका अध्यक्ष बिरवल खड्काले हचुवाको भरमा प्रदेश नं. ५ बाट पहाडी जिल्लाहरु हटाएकोले त्यसको शांकेतिक विरोध स्वरुप एक घन्टा चक्का जाम गरिएको जानकारी दिए ।
उनले संसदमा प्रस्तुत विद्येक राष्ट्रघाति भएको जिकिर गर्दै त्यो खारेज नहुँदा सम्म आन्दोलन जारी रहने बताए । चक्का जामका कारण जिल्लाको यातायात सेवा एक घन्टा ठप्प बनेको थियो । जसले गर्दा सर्वसारधण यात्रुले एक घन्टा सडकमै विताउनु परेको थियो । चक्का जाम गराउन तुलसीपुरको विरेन्द्र चोकमा पुगेकी अनेराश्ववियू समर्थित आस्मा खातुनले रोल्पा र प्यूठान जस्ता जिल्लाहरु टुकार्ने सरकारी निर्णय गलत भएको र यसवाट दाङपनि प्रभावित हुने हुँदा विरोधमा उत्रिएको जानकारी दिइन । चक्काजाम पछि विरेन्द्र चोकमा आयोजित कोणसभालाई नेकपा एमालेका जिल्ला सचिव हिराचन्द्र केसी, जिल्ला सदस्यहरु कृष्ण भुषाल , पदम केसी लगायतका नेता कार्यकर्ताले सम्वोधन गरेका थिए ।
उनीहरुले सरकारको कडा शब्दमा आलोचना गर्दै संसदमा दर्ता गरिएको संशोधन विद्येकक राष्ट्रघाति भएको बताएका थिए । उक्त विद्येक फिर्ता नभए चरणवद्ध रुपमा आन्दोलनमा उत्रने उनीहरुको चेतावनी थियो । उता घोराहीमा आयोजित कोणसभा लाई सम्वोधन गर्दै युवा संघका मध्यपश्चिम ईन्चार्ज मनोहर वुढाथोकीले ५ न. प्रदेश लाई टुक्रयाउनु तराईलाई सिक्किमी करण गर्नु भएको बताए । कार्यक्रममा युवा नेता विवेक श्रेष्ठ , युवा संघका सर्जन परियार लगाएतका विचार राखेका थिए । कार्यक्रमको सहजीकरण ,माधव ओलील.े गरेका थिए ।
यसैविच राष्ट्रिय जनमोर्चा दाङले समेत विरोध जनाएको छ । ‘संघियता चाहिदैन , देश टुक्राउन पाईदैन ,राष्ट्रघाती संविधान संसोधन विद्येयक खारेज गर ’ भन्दै पार्टी कार्यालयमा वाट निस्केको नारावाजी सहतिको ¥याली तुलसीपुर चोकमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा जनमोर्चाकी केन्द्रिय सदस्य कमला जिसीले नेपाल स्वाधिन राष्ट्र भएकाले नेपालको संघियता आवश्यक नरहेका ठहर गरेकी थिईन । उनले अझै प्रदेश न. ५ वाट पहाडी जिल्लाहरु विभाजन गर्नु जनताप्रतिको ठुलो अन्याय रहेको आरोप लगाएकी थिईन । कार्यक्रममाा जिल्ला अध्यक्ष रेशम विसी र अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य राम वहादुर थापा लगाएतका धारणा राखेका थिए । भने कार्यक्रमको सहजीकरण जिल्ला सचिव गणेश आचार्यले गरेका थिए ।
आज घोराहीमा विरोध र्याली
सरकारले प्रदेश नं. ५ वाट पहाडी जिल्लाहरु हटाउने गरि मंगलवार संशोधन प्रस्ताव संसदमा दर्ता गराएको आज घोराहीमा र्यालि निकालिने भएको छ । घोराहीको ट्राफिक चोक देखि विरोध र्यालि सुरु हुने र बजारको विभिन्न भागहरुको परिक्रर्मागर्ने कार्यक्रम तय भएको अनेरास्ववियू दाङका अध्यक्ष विरवल खड्काले जानकारी दिए । राप्ती समाचार
