इन्द्रेणी संवाददाता
दाङ, १४ मंसिर । दाङमा मकै खेतीलाई प्रवद्र्धन गर्नका लागि मकै खेती विशेष कार्यक्रम सञ्चालन भएको छ । यो कार्यक्रममा यसवर्ष सरकारले रु. ५ करोड १० लाख लगानी गर्ने भएको छ । दाङको देउखुरी क्षेत्रका तीन गाविस र एक नगरपालिकामा मकै खेती प्रवद्र्धनका लागि यो रकम विनियोजन गरेको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ ।
‘मकै खेतीमा कृषकहरुलाई प्रोत्सान दिन यो कार्यक्रम सञ्चालनमा आएको हो’, उनले भने, ‘आशा छ दाङमा मकै खेती राम्रै भएको पाइन्छ यो परियोजनाले झन त्यसलाई टेवा पुग्नेछ ।’
परियोजना मार्फत मकै उत्पादन बृद्धि गर्ने, त्यसको प्रसोधन, बजारिकरण, माटो परिक्षण, साना सिंचाई योजना, प्राङगारिक मल उत्पादन, जैविक विषधि उत्पादनलगायतका काम गरिने छन् ।
यस कार्यक्रमलाई थप टेवा पु¥याउन कृषि विकास मन्त्रालयले यसवर्ष १० लाख ६८ हजार विजियोजन गरेको छ । जिल्लामा देउखुरी, पश्चिम दाङको शान्तिनगर, पुरन्धारा, वाघमारे, पञ्चकुलेलगायतका गाविसमा कृषकहरुले व्यवसायिक मकै खेती गर्ने गर्दछन् ।