
वडा सचिब मान बहादुर रावतको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसिको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको हो । तालिम उद्घाटन कार्यक्रममा बक्ताहरुले सिकेको सीपलाई ब्यबहारमा उतार्न सके मात्र तालिमको औचित्य हुने बताएका थिए । सीपर सिकेर ब्यबहारमा उर्तान सके आत्म निर्भर बन्न सक्ने कुरामा बक्ताहरुको जोड थियो ।
कार्यक्रममा समाजसेवी शोभाराम बस्नेत, पूर्व गाविस अध्यक्ष टेक बहादुर केसी , कांग्रेसका खिम बहादुर वली , माओबादी केन्द्रका माधब बुढाथोकी, मेलमिलाप केन्द्रका पोषण राज बस्नेत, बिर बहादुर बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
वडा नागरिक मञ्चका उप संयोजक केशब केसीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजिकरण सामाजिक परिचालक लक्ष्मी चौधरीले गरेकी थिईन । १५ जना महिलाहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकमा गायत्रा डागी रहेकी छिन ।