चेतन रेग्मी
तुलसीपुर ११ मंसीर । मानवअधिकार तथा शान्ति समाजको केन्द्रिय सचिवमा दाङका पत्रकार सुशिल बस्नेत निर्वा्चित हुनु भएको छ । शुक्रवार र शनिवार गरी दुइ दिन बुटवलमा चलेको शान्ति समाजको केन्द्रिय अधिवेसनवाट पत्रकार बस्नेत प्रदेश नम्बर ५ वाट सर्वसम्मत केन्द्रिय सचिवमा निर्वा्चित हुनु भएको हो । पत्रकार बस्नत दाङको तुलसिपुरमा रहेर लामोसमयदेखि पत्रकारीता क्षेत्रमा क्रीयाशिल हुनुहुन्छ भने दर्जनौ सामाजिक संस्थाका विभीन्न पदमा रहेर काम गरीरहनु भएको छ ।
दुई दिनसम्म संचालन भएको अधिवेशनले सभापतीमा गंगाधर अधीकारी,बरीष्ट उपसभापतीमा रामजी प्रशाद सुबेदी,उपसभापतीहरुमा गोबिन्द खनाल,रेनुका पौडेल, कोषाध्यक्षमा बटुकृष्ण ढुंगेल लगाएत २७ जनालाइ निर्बीरोध निर्वाचीत गरेको छ । यता, केन्द्रिय सचिवमा सर्वसम्मत निर्वा्चित भएपछि बस्नेत र केसीले आफुलाई समाजको केन्द्रिय अधिवेसनवाट सर्वसम्मत निर्वा्चित गराएकोमा प्रतिनिधि, सहमतिका लागि भुमिका खेल्ने जिल्ला शाखा लगायत शुभेच्छुक सबैलाई धन्यवाद दिदै आभार एंव कृतज्ञता प्रकट गर्नु भएको छ । अधिवेशन आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै सकिएको छ ।