इन्द्रेणी संवाददाता
दाङ, ११ मंसिर । ग्रामीण महिला उत्थान केन्द्र दाङको सँगै पढौं सँगै सिकौं परियोजनाको आज डुरुवाको कोठहरीमा आर्थिक शिक्षा तथा जिविकोपार्जन कार्यक्रमअन्तर्गत पढाइ प्रवद्धन मेला सम्पन्न भएको छ ।
विश्व शिक्षा काठमाडौं र ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा सम्पन्न मेलामा हाजिरिजवाफ प्रतियोगिता, शव्द अन्ताक्षरी प्रतियोगिता र दौड प्रतियोगिता गरिएको थियो ।
परियोजनाका डुरुवा कार्यक्रम संयोजक रेणु अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मी, वेसका एलवि चौधरीलगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण परियोना संयोजक अरुणा चौधरीले गरेकि थिइन ।