Indrenionline.com

बिनाधितो बैदेशिक रोजगार

baidesik-rojgari_janganana_201212010916141तुलसीपुर १० मसिंर ।  नेपाल महिला सामुदायीक सेवा केन्द्र दाङले बैदेसीक रोजगार कर्जा शुभारम्भ गरेको छ । केन्द्रले शुक्रबार तुल्सीपुरमा एक कार्यक्रम गरी सेवाको औपचारिक रुपमै सुरुवात गरेको हो ।

दाङ, सल्यान,प्यूठान र रोल्पा कार्यक्षेत्र वनाएको सेवा केन्द्रले बैंक नभएका स्थानमा सेवा पुराउने उद्धेश्यले सातवटा नया साखा खोलेको जनाएको छ । केन्द्रले वित्तीय सेवामा पहुँच अभिबृद्धी कार्यक्रम अन्र्तगत सक्षम काठमाण्डौको सहकार्यमा राप्ती अंचलका बित्तीय सेवामा पहुच नभएका ग्रामीण सामुदायका परिवारहरुलाई बिना धितो बैदेशीक कर्जा दिन लागेको केन्द्रका बित्त तथा प्रशासन बिभाग प्रमुख पबन योगीले जानकारी दिए ।

बैदेशीक रोजगारमा जानेहरुले ६ महीना देखी दुइ बर्षे अबधि का लागी ५ हजार देखी १ लाख ५० हजार सम्म बिनाधीतो कर्जा पाउने छन । त्यस बाफत उनीहरुले घटदोक्रममा बार्षीक २० प्रतीसत ब्याज तिर्नुपर्ने योगीले बताए ।

कर्जा प्राप्त गर्नका लागी नेपाली नगरिकताको प्रमाण पत्र , राहदानीको प्रमाणपत्र र बिदेशबाट प्राप्त भिषाको प्रतिलिपी बुझाउनुपर्ने प्रशासन बिभाग प्रमुख योगीले बताए ।

केन्द्रका संस्थापक सचीव कल्पना न्यौपानेको अध्यक्षता एबं तुल्सीपुर नगरपालीकाका कार्यकारी अधीकृत टोपेन्द्र केसीको प्रमुख आथीत्यतामा सम्पन्न कार्यक्रममा सक्षम पहुच कार्यत्रकमका क्षेत्रीय फील्ड संयोजक प्रतीक देबकोटा,नबजागरण बाल आश्रम तुल्सीपुरका अध्यक्ष नबराज लामीछाने,राप्ती बिश्वासी सहकारी सस्थाका सल्लाहकार माधब प्रसाद लामीछाने,गैर सरकारी संस्था दाङका उपाध्यक्ष नानीमैया वली,नेपाल पत्रकार महासघं दाङ सदस्य बालाराम खडका, केन्द्रका शान्ती नगर शाखाका सुधा डागी,बेलमती बिक लगाएतले कार्यक्रमको सफलताको सुभकामना व्यक्त गर्दै यो कार्यक्रमले वित्तिय पहुँचमा नपुगेका सर्वसाधरणलाई सहजहुने वताएका थिए ।

केन्द्रका बिनीता गिरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम ब्यबस्थापक लोकमणी रेग्मीले गरेकाथिए