इन्द्रेणी संवाददाता
घोराही, १० मंसिर । दुई वर्ष पहिले दाङमा भित्रिएको प्रीत ट्रेक््रटर कम्पनीले आज दाङको घोराहीमा आफ्ना ग्राहक र शुभ–चिन्तकहरुसँग छलफल एवं भेटघाट गरेको छ ।
कार्यक्रममा देउखुरी टे«क्टर व्यवसायी समितिका सचिव हनुमान चौधरीले प्रीतलाई अझ कृषक मैत्री बनाएर लैजानुपर्ने बताए । ‘पछिल्लो समयमा यहाँ प्रीतले बजार लिएको छ’, उनले भने, ‘यसले हामी जस्ता व्यवसायीको आर्थिक उन्नतीमा पनि साथ दिएको छ, यसलाई अझ ग्राहक मैत्री बनाउन आवश्यक छ ।’
कार्यक्रममा प्रीत टे«क्टर कम्पनीका ड्पुटी मेनेजर प्रकाशसिंह राँठोरले ग्राहकहरुको सुझावलाई आत्मसाथ गर्दै यसमा भएका कमी कम्जोरीलाई सुधारेर लैजाने बताए । सन् १९८० मा कम्वाइन हार्वेष्टरबाट उत्पादन शुरु गरेको कम्पनीले अहिले ३५ देखि ९० हर्षपावरकाका टे«क्टर बजारमा ल्याएको जानकारी दिए । अहिले नेपाली बजारमा ४० प्रतिशत प्रीतको विक्री रहेको मेनेजर राठोरले दावी गरे ।
कार्यक्रममा दाङसहित राप्ती अञ्चलको आधिकारीक विक्रेताको रुपमा रहेको मिड वेष्ट एग्री प्रालि दाङका प्रबन्ध निर्देशक अनिल आचार्यले प्रीत ग्राहक मैत्री भएकै कारण दाङमा मार्केट लिएको बताए ।
कार्यक्रममा पहिलो ग्राहक डोमराज डाँगी, मुख अतिथि नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन, सुदन केसी, विवेक श्रेष्ठ, दुर्गा खत्रीलगायतले बोलेका थिए । सो अवसरमा टेक्टरको मर्मत संवारहबारे कम्पनीका इञ्जिनियर भुपेन्द्र महतोले दिएका थिए ।