इन्द्रेणी संवाददाता
दाङ, ९ मंसिर । दाङमा प्रथम उद्योग दिवस मनाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा दाङ जिल्ला उद्योग बाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङ र जिल्ला लघु उद्यमीको सह—आयोजनामा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष तुल्सीराम राना, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमलगायतले आ आफ्नो विचार व्यक्त गरेका थिए ।
सो अवसरमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीले जिल्लाको उद्योगको अवस्थाबारे जानकारी दिएका थिए । दिवसको अवसरमा विहान घरेलु तथा साना उद्योग कार्यालयबाट प्रभातफेरीको आयोजना पनि गरिएको थियो ।