इन्द्रेणी संवाददाता
दाङ, ९ मंसिर । बाघमारेमा करीव पौने एक करोडको लागनमा वोगटी कुलो सिचाईँ उपआयोजनाको काम हँुदैछ । निर्माण व्यवसायीको तर्फबाट ७८ लाख ७१ हजार ९ सय ९० रुपैयाँ, उपभोक्ताको तर्फबाट २ लाख २९ हजार ३ य १७ रुपैयाँ र श्रमदान ८ लाख ९ हजार ६ सय ५३ गरी कुल ८५ लाख १० हजार ९ सय ६१ रुपैयाँको लागतमा उक्त उपआयोजना सम्पन्न हुनेछ ।
उपआयोजनाको शिलान्यास कार्यक्रममा सांसद अनिता देवकोटा, जलप्रकोप नियन्त्रण विभागका महानिर्देशक मधुकर राजभण्डारी, सिंचाइ विभागका महानिर्देशक राजेन्द्र अधिकारीलगायतका सहभागिता थियो । उपआयोजनाको जानकारी जिल्ला प्राविधिक कार्यालयका प्रमुख इञ्जिनियर परशुराम बैदारले दिएका थिए ।
कार्यक्रमको सहजीकरण सामुदायिक सिंचाइ आयोजनाका जिल्ला संयोजक शिशिर गौतमले गरेका थिए ।