
नेपाल नेत्रज्योती संघ तथा राप्ती आँखा अस्पातलको आयोजनामा तालिम संचालन गरिएको हो । नेपाल नेत्रज्योती संघ उपसभापति रेशम बहादुर खड्काको अध्यक्षता एंव गंगापरस्पुर स्वास्थ्य चौकिका प्रमुख टिका बिएमको प्रमुख आतिथ्यतामा भएको तालिममा गढवा तथा गंगापरस्पुर गाविस का ३९ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरुको सहभागिता रहेको थियो ।
तालिमको प्रशिक्षकमा राप्ती आँखा अस्पातलका बाह्य कार्यक्रम संयोजक सालिकराम गौतम तथा लेखा सहायक् हुम चौधरी रहेका थिए । सोही अबसरमा नेपाल नेत्रज्योती संघ दाङ शाखाका सदस्य के पि घिमिरे , शारदा चौधरी तथा राप्ती आँखा अस्पातलका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले तालिम साफलताको साथै नेपाल नेत्रज्योती संघ, राप्ती आँखा अस्पातलको कार्यक्रमको बारेमा प्रकाश प्रकाश पारेका थिए ।
तालिमको सहजीकरण नेपाल नेत्रज्योती संघ दाङ शाखाका सदस्य लिला शाहले गरेकी थिइन् ।