जंग रेउले
घोराही, ८ मंसिर । विप्लव माओवादीनिकट अखिल (क्रान्तिकारी) ले आज घोराहीको अम्बेकेश्वरी क्याम्पसमा इकाई संगठन विस्तार गरेको छ । अम्बेकेश्वरी क्याम्पसका विद्यार्थी स्मृति सुवेदीको अध्यक्षतामा १९ जनाको ईकाइ संगठन विस्तार गरेको हो ।
कार्यक्रममा जिल्लाका विद्यार्थी अध्यक्ष हेमन्त जिसीले शिक्षालाई व्यापारीकरण रुपमा लिइएको भन्दै विद्यथाीलाई स्पष्ट पारेका थिए । अम्बेकेश्वरी क्याम्पसका डिल्ली भण्डारीको अध्यक्षता तथा जिल्लाका विद्यार्थी अध्यक्ष हेमन्त जिसीको प्रमुख अथिति र जिल्लाका विद्यार्थी सचिव मदन केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएका थियो ।