
थापाका अनुसार अप्रेसन वाहेक अन्य चेकजाँचहरु ५ देखि १० मिनेटमै सक्ने व्यवस्थाका साथ सेवा सुरु गरिएको छ । त्यसका लागि छुट्टै नाम लेखाउने र आँखा चेकजाँचको व्यवस्था गरिएको उहाँले जानकारी दिए । ओपिडीमा कुरेर राख्नुपर्ने वाध्यता अब समाप्त भएको थापाको दाबी छ । अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत थापाले समयको माग र अस्पतालको सेवालाई प्रभावकारी बनाउन यस्तो सेवा सुरु गरेको बताए । तर, यस्तो द्रुत सेवा लिन चाहाने विरामीहरुले केही बढी शुल्क भने तिर्नुपर्ने उहाँले बताउनुभयो ।
अप्रेसन वाहेकका अन्य आँखाको चेकजाँचका लागि विरामीले दुई सय रुपैंया तिनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । त्यसका लागि अस्पतालले छुटै र अतिरिक्त जनशक्तिको व्यवस्थापन गरेको अस्पताका नेत्र सहायक शालिकराम गौतमको भनाई छ । अन्य सामान्य ओपिडीका विरामीका लागि हाल ५० रुपंैया नाम लेखाउने शुल्क अस्पतालले लिदै आएको छ ।